काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाह १७ हजार बढी मतले अगाडी

काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई दोब्बर मतले पछि पारेका छन्।

मतगणना सुरु भएदेखि बालेनकाे दौड उत्तिकै छ। पछिल्लो मतपरिणाम अनुसार बालेनले ४१ हजार २ सय ७९ प्राप्त गरेर अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भन्दा १७ हजार ४ सय २४  मतले अगाडि छन्।

कांग्रेसकी उम्मेदवार सिंहले २३ हजार ८ सय ५५ मत प्राप्त गरेकी छिन्। उनी सत्तारुढ दल गठबन्धनकी उम्मेदवार हुन्। पछिल्लो मत परिणाम अनुसार  तेस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित छन् उनले अहिलेसम्म २३ हजार २४ मत प्राप्त गरेका छन्।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ चौथौ स्थानमा छन्। उनले जम्मा १ हजार ७ सय ९६ मत प्राप्त गरेका छन्। ३२ वडा रहेको काठमाडौं महानगरमा १५६ वडाको अन्तिम परिणाम आइसकेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको