नबिल बैंकको विशेष सभाबाट एनबी प्राप्ति गर्ने प्रस्ताव पारित

अदालतमा परेको रिट फिर्ता भएसँगै नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढेको छ ।

नविल बैंकको शनिवार सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती)गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ,जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

उक्त साधारणसभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्तापू“जी रू.२२ अर्ब ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम रू.३०९ अर्ब र निक्षेप रकम रू.३२० अर्ब पुग्नेछ ।

त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार रू.१४५ अर्ब पुग्नेछ  । प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा रू.४ अर्ब ४६ करोड हुनेछ ।

नेपालको बैंकिंग सेवामा अग्रणी स्थानमा रहँदै आएको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात बाणिज्य बैंकहरुमध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैरब्याज आम्दानी, गैरकोषमा आधारित व्यबसाय, तथा कुल नाफालगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ ।

यस प्राप्तिसगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयँ“ रणनीति अनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको