इलामको सूर्योदय नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम डिजिटल डिस्प्ले बोर्ड मार्फत सार्वजनिक गरिदै आएको छ । छोटो समय मै प्रविधिमा फड्को मारेको सूर्योदय नगरपालिका प्रविधिमैत्री अभियानले सार्थकता समेत पाउदै गएको छ ।
मतगणना भैरहदा नगरमा दलका कार्यकर्ताको भिड समेत हुँने भएपछि नगरपालिकाले डिजिटल डिस्प्ले बोर्ड मार्फत नतिजा सार्वजनिक गरिएको नगरका सूचना प्रविधि अधिकृत उज्वल सुवेदीले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘मतपरिणामा सुन्न पर्खी रहनु परेन, डिस्प्लेमा जतिबेला हेरेपनि हुँने बनाएका छौ ।’
इलामका १० पालिका मध्ये यसरी मत सार्वजनिक गर्ने सूर्योदय नगरपालिका मात्र हो । सूर्योदय नगरपालिकाका १४ वडा मध्ये १० वटाको गणना सम्पन्न भएको छ भने अवको दुई दिनमा सबै नजिता सार्वजनिक हुँने निर्वाचन अधिकृत लोक बहादुर हमालले जानकारी दिनु भयो ।
हाल यस नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार रनबहादुर राई ११,०२८ मतका साथ अग्रस्थानमा छन् । राईलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का काजीमान कागतेले ९,७२५ मत ल्याएका छन् ।
त्यस्तै उप प्रमुख पदको लागि नेपाली कांग्रेस उम्मेदवार दुर्गाकुमार बराल १०५८० मतका साथ अग्रस्थानमा छन् । बराललाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की दुर्गादेवी भट्टराईले ८२७७ मत ल्याएका छन् ।