नबिल र नेपाल बंगलादेश बैंकको मर्जर रोक्न परेको मुद्धा फिर्ता

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको मुद्धा फिर्ता भएको छ। उक्त रिट निवेदकले फिर्ता लिएसँगै अब दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने भएको हाे।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो।

एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिएपछि दुबै पक्षको कुरा सुन्न उक्त मुद्धा संयुक्त इजलासमा पुगेको थियो। मंगलबारको लागि सुनुवाइ तोकिएको उक्त मुद्धा मंगलबार पनि सुनुवाइ हुन सकेन भने बुधबार पनि सो मुद्धा हेर्न नमिल्नेमा परेको थियो।

बिहीबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र सुस्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो । तर सुनुवाई सुरु नहुँदै मुद्धा फिर्ता लिएकाे छ।

नबिल र एनबी बैंकबीचको मर्जर प्रक्रियाका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ। अन्तिम स्वीकृति लिनुअघि दुवै बैंकले विशेष साधारणसभा जेठ ७ गते (शनिबार) डाकेका छन्। सोही सभामार्फत यी दुवै बैंकले आपसमा मर्जरमा जाने प्रक्रियालाई अनुमोदन गर्नेछन्।

नबिलले प्रतिकित्ता ४३ रुपैयाँका दरमा एनबी बैंकलाई प्राप्ति गर्न लागेको हो। मर्जरपछिको बैंक देशकै दोस्रो ठूलो पुँजी कोष भएको बैंक हुनेछ। मर्जर प्रक्रिया टुंगिएपछि नबिल बैंककै नामबाट एकीकृत कारोबार हुनेछ। जेठभित्र मर्जर सकेर एकीकृत कारोबार गर्ने बैंकको योजना छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको