स्वतन्त्रबाट उठेका गाेपाल हमालकाे धनगढीमा फराकिलाे अग्रता

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ।  हमालले १७ हजार १ सय ५९ मतगणना हुँदा ७ हजार ८ सय १६ मत पाएका छन्। यस्तै, सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८ सय ७१ मत पाएका छन्।

यो मत संख्या हेर्दा हमाल वडभन्दा ३ हजार ९ सय ४५ अगाडि छन्। यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९ सय २१ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४ सय १६,  एमालेकी चन्द्रकला रानाले ३ हजार  ३ सय ७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको