४८ हजार मतदाता रहेको गैंडाकोटको नमूना मतदानमा ६६ जना सहभागी

गैंडाकोट नगरपालिकामा नमूना मतदान सम्पन्न भएको छ । ३० गते हुने निर्वाचनमा कम मत बदर होस् भन्नका लागि गैंडाकोटमा सोमबार नमूना मतदान गरिएको निर्वाचन अधिकृत दिपशिखा मुनकर्मीले बताइन् ।

सोमबारको नमूना मतदानमा ६६ मत खसेकोमा ४ मत बदर भएको थियो । मतदानमा ६६ जनाले मत खसालेका थिए । निर्वाचन अधिकृत दिपशिखा मुनकर्मीका अनुसार मतदान प्रक्रियामा ५० पुरुष र १६ महिला सहभागी थिए ।

बदर मत कम गर्न सिकाउने उद्देश्यले मतदान गराइएको हो । मत गणना घोषणामा स्थानीयको उत्साहजनक सहभागिता रहेको मुनकर्मीले बताइन् । आगामी शुक्रबार हुने मतदानमा गैंडाकोट नगरपालिकामा जम्मा ४७ हजार ७ सय १५ मतदाता रहेका छन् । गैंडाकोटमा ५५ वटा मतदान केन्द्र छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको