जेठ ४ गते बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस

सरकारले जेठ ४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको ।

जेठ ४ गते अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने गरी सिफारिस गरिएको हो।

सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो । सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारले बजेट ल्याउनु अघि बजेटमाथि छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

जेठ ४ गते अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् । त्यसपछि प्रिबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको जनाइएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने व्यवस्था छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको