
एनएमबि बैंक (NMB) को उर्जा ऋणपत्रमा आज अर्थात वैशाख २१ गतेदेखि आवेदन दिन सकिने भएको छ। बैंकले आजदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले यस अघि गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १४ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। एनएमबिको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख २५ गते र ढिलामा जेठ ४ गते बैंकिङ समयपछि हुनेछ। एनएमबि बैंकको यो ऋणपत्र १५ वर्षे अवधिको हो। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक रुपमा ४ प्रतिशत ब्याज पाउनेछन्।
यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत चैत २ गते निष्कासन अनुमति दिएको थियो।