सेन्चुरी बैंकको ऋणपत्र आजबाट बिक्री खुल्ला, कति पाइन्छ ब्याज?

सेन्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज वैशाख २१ गतेदेखि आवेदन खुला गरिएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरमा कुल २२ लाख इकाइ भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र जारी गरेको हो। कुल इकाइमध्ये १३ लाख २० हजार इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। जसमा १० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम ८ लाख ७० हजार इकाइसम्म आवेदन दिन पाउनेछन्। ऋणपत्रमा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ४ गते बैंकिङ समयपछि हुनेछ।

सेन्चुरी बैंकको यो १० वर्ष अवधिको ऋणपत्र हो। यसमा ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको