सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारले शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेर जेठबाट लागू हुने व्यवस्था गरेको छ छ। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

कार्यालय समय बिहान साढे नौं बजेदेखि साँझ साढे ५ बजेसम्म हुने छ। शुक्रबार आधा दिन छुट्टि हुने छैन।

नेपाल आयल निगम समेतको सुझावका आधारमा मन्त्रिपरिषदमा यो विषय विचाराधीन रहेको थियो। सोही सुझावलाई मन्त्रिपरिषदको बैठकले परीक्षणका रुपमा कार्यान्वयन गरेको हो।

सातामा दुई दिन बिदा दिने निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुने सरकारको विश्वास छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको