![सरकारले मदिरा, मोबाइल र मोटरसाइकलसहित १० वस्तुको आयातमा रोक](https://sancharmandu.com/wp-content/uploads/2022/04/department-of-commerce-supplies-and-consumer-protection.jpg)
आयात कम गर्न सरकारले विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। व्यापार घाटा उच्च र विदेशी मुद्राको सञ्चिती घट्न थालेपछि सरकारले ती वस्तुको आयात रोक्ने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ गते नेपाल राजपत्रमा प्रकाशित गरेर ती वस्तुको आयातमा रोक लगाएको छ।
उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिती घट्न थालेपछि सरकारले ती वस्तुको आयात रोक्ने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ गते नेपाल राजपत्रमा प्रकाशित गरेर ती वस्तुको आयातमा रोक लगाएको छ।
सरकारले जिप, कार र भ्यान तथा २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकलको आयातमा रोक लगाएको छ। हीरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन र सबै प्रकारका खेलौना र खेल्ने तास आयात रोकिएको छ। त्यस्तै सबै प्रकारका तयारी मदिरा, चुरोट, सुर्तीजन्य वस्तु, कुरकुरे, कुरमुरे र लेज आयातमा पनि रोक लगाइएको छ।
आगामी असार मसान्तसम्मका लागि यी वस्तु आयातमा रोक लगाइएको राजपत्रमा उल्लेख छ।
मन्त्रालयका अनुसार पैठारीमा बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले पैठारी गर्न बाधा पर्ने छैन । साथै वैशाख १३ गतेभन्दा अघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयको भनाइ छ ।