
नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार सूर्योदय लघुवित्त वित्तीय संस्था र इन्फिनिटि लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५.८५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै इन्फिनिटि लघुवित्तको पनि ८ लाख ९९ हजार ९८.१३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेरधनीलाई वितरण गरेको २७.७० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुबै लघुवित्तको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।