बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयरको बाँडफाँड चैत्र १६ गते, बुधबार हुने भएको छ । उक्त आईपीओको बाँडफाँड कार्यक्रम मंगलबार बिहान ९ बजेदेखि निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालय, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौँमा हुनेछ । आईपीओको प्रि(अलटमेन्ट शुक्रबार सम्पन्न भएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।