सेयर बजारमा हरियाली

सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार (आज) बढेकाे छ । ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका शेयर कारोबारीको अनुहार आज भने नेप्सेले उज्यालो बनाएको छ । नेप्से चैत ९ गते बुधबारदेखि नै घट्दो क्रममा थियो । नेप्सेमा सो दिन २०.३४, बिहीबार १६.६९, आइतबार ४१, सोमबार २९.९८ र मंगलबार १४ अंकको गिरावट आएको थियो । बुधबार भने बजार दोहोरो अङ्कले बढेको हो । आज ४५ लाख २ हजार ५११ कित्ता शेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा कारोबार भएको छ । नेप्सेका १३ वटै उपसूचकहरू आज हरिया छन् । अन्य समूहको शेयरमा सबैभन्दा धेरै ४.१२ प्रतिशत वृद्धि भएको छ । विकास बैंक समूहको ३.३२, वित्त समूहको ३.२९ र होटल तथा पर्यटन समूहको शेयर पनि २.५१ प्रतिशतले बढेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको