विन नेपाल लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालकस समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६ करोड १५ लाख रुपैयाँको कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने ६७ लाख ६५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजर्ना ०.५ प्रतिशतले हुन आउने ३ लाख ३८ हजार २५० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको