साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन

साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो।

शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए ।

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

२०२६ सालमा ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो।

मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले जानकारी दिए । उनको शवलाई घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको उनले बताए ।

शर्माको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको