आइएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति तय

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको आउँदो फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ माघ २७ गते विहीबारसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले  २३ औँ वार्षिक साधारणसभाबाट पारित निर्णय अनुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद जारी गर्न लागेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद सेयर निष्कासनको  लागि नेपाल धितोपत्र बोर्डले गत माघ ६ गते निष्कासन अनुमति दिएको थियो। हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको