नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

साताको दोस्रो दिन नेप्से परिसूचक साढे १३ अंक घटेर बन्द भएको छ। आइतबार १०५.५५ अंक बढेर बन्द भएको नेप्से, आज  १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा आएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक घटेको छ।

आज अल्पकालिन लगानीकर्ताहरुले प्रोफिट बुकिङ्ग गरेका कारण यस दिन बजारमा करेक्सन भएको जानकारहरु बताउँछन्। यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२५ कम्पनीको ६९ हजार ७७० पटकको कारोबारमा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

यो दिन लगानी समूह सर्वाधिक २.१८ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.२८ प्रतिशतले बढेको आज लघुवित्त समूहमा ०.५५ प्रतिशतको बढोत्तरी भएको छ। आज विकास बैंक समूह सर्वाधिक २.१३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.६९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.०५ प्रतिशत, व्यापार समूहमा ०.३८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७२ प्रतिशत, जलविद्युत समूहमा ०.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९६ प्रतिशत, जीवन बीमा समूहमा १.३३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.७२ प्रतिशतको गिरावट आएको छ।

सोमबार नेप्से ओरालो लागेपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  माउन्टेन हाइड्रो, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशी र नेपाल टेलिकमको ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै आज नेपाल टेलिकमको ३१ करोड १८ लाख रुपैयाँ, अरुण भ्योली हाइड्रोपावरको १८ करोड २६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १७ करोड ७५ लाख रुपैयाँ, निफ्राको १६ करोड ४० लाख रुपैयाँ, अपी पावरको ११ करोड ७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ९ करोड ६० लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको ९ करोड ८ लाख रुपैयाँ र अरुण काबेली पावरको ९ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको