ज्योति लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन रु. १.६४ अर्ब, प्रतिसेयर आम्दानी (ईपीएस) कति ?

काठमाण्डौ : ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन १७.६९ प्रतिशतले बढेको छ।

कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत २० करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आय ११ करोड ११ लाख रुपैयाँमा सीमित थियो।  त्यस्तै कम्पनीले ९ करोड ४३ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ४० लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २४.२३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च गत वर्ष भन्दा  २२.५९ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष १८ करोड ९० लाख रुपैयाँ रहेकोमा  बढेर २३ करोड १७ लाख रुपैयाँ भएको छ।  कम्पनीको जीवन बीमा कोषको आकार  बढेर ५ अर्ब १४ करोड ४४ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको त्यस्तै कम्पनीको जगेडा कोषको आकार बढेर ७२ करोड ९० लाख  पुगेको छ । गत वर्ष ४८ करोड २४ लाख रुपैयाँको रहेको थियो। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.८८ रुपैयाँ र पीई अनुपात ५४.५९ गुणा रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको