अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको  ६ महिनासम्ममा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानीसँगै अन्य आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.११ प्रतिशत बढेको छ भने कुल आम्दानी १७.१० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा १३.८६ प्रतिशत बढेको छ।

चुक्तापुँजी १ अर्ब ७२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर १३ करोड ५२ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १४ करोड ४३ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १३.६३ रुपैयाँबाट घटेर ८.६६ रुपैयाँमा झरेको छ। पीई रेसियो ५७.८२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.८२ रुपैयाँ रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको