सेयार बजारमा हरियाली, सूचक १०५.५५ अंकले बढ्यो

काठमाण्डौ : धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमो तेहेरो अंकको उछाल आएको छ। बजार आज १०५.५५ अंकले उकालो लागेको हो। योसँगै २८८५.५३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले बढेर ५३८.५३ को विन्दुमा पुगेको छ।

सत्ता गठबन्धनको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि सरकारलाई सुझाव दिएको समाचारको कारण बजारमा उत्साह आएको हो । शनिवार २ चरणमा बसेको सत्ता गठबन्धनको  बैठकले जेठ भित्रमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

आज कारोबारमा आएका २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर खरीद बिक्रिबाट ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ ।

जस मध्ये अपी पावरको सर्वाधिक २६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २३ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको २३ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १४ करोड ११ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरको १३ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ४४ लाख रुपैयाँ, निफ्राको १२ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जसमा विकास बैंक समुह सबैभन्दा धेरै ६.५६ लगानी समुह ६.३६ र फाइनान्स समुह ६.३४ प्रतिशतले बढेको छ । आज विन लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा, र बुद्धभूमि हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका मध्ये मैलुंग खोलाको शेयर मूल्य मात्र घटेको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको