जाल्पा सामुदायिकले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २१ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।

जसमध्ये जारीपुँजीको ०.५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणका आवेदन दिन पाउनेछन्।

यो आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।

सो आइपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो।

आईपीओ निष्कासनका लागि यस संस्थालाई इक्रा नेपालले (इक्रा–आईआर) बीबी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको