एनएलजी इन्स्योरेन्सकाे लाभांश प्रस्ताव

एनएलजी इन्स्योरेन्स (NLG) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी एक अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख रुपैयाँ बरारबर बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कम्पनीले कार्यान्वयनमा ल्याउनेछ। कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी एक अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुगनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको