शिखर इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि  बुकक्लोज मिति तोक्यो

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिले हकप्रद सेयर निष्कासनका लागि यही माघ २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ माघ २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

शिखर इन्स्योरेन्सले  १ बराबर ०.३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले ५२ हजार ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर निष्काशन गर्नेछ।

शिखरलाई नेपाल धितोपत्र बोर्डले गत माघ ६ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको