समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा १.३४ प्रतिशतले बढाउन सफल भएको हो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५७ करोड ८२ लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा ०.३४ प्रतिशतले घटेर १ अर्ब ५० करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ५० करोड ५६ लाख रुपैयाँ सीमित थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ९.३४ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ९९ करोड रुपैयाँमा थियो।
समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १३.५१ प्रतिशत घटेर ४ अर्ब ५३ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ५ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।
बैंकले यो अवधिसम्म १ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खराब कर्जा दर (एनपीएल) घटेर ०.३१ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा एनपीएल ०.५८ प्रतिशत रहेको थियो। सीडी रेसियो ८६.८५ प्रतिशत रहेको बैंकको आधार दर ८.०८ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.९७ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस २२.०२ रुपैयाँ रहेको थियो।
पीई रेसियो २०.२५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४०.०२ रुपैयाँ र तरलता अनुपात २०.७० प्रतिशत रहेको छ।