फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८ % ले बढ्यो

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० करोड ४४ लाख ३२ हजार ६७० रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८.६६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ५६ लाख १६ हजार ५९३ रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६ करोड ९६ लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ५०.०४ प्रतिशतले बढेर १८ करोड २३ लाख रुपैयाँ भएको छ। जुन गत वर्ष यही अवधिसम्म १२ करोड १५ लाख रुपैयाँमा सीमित थियो। यस्तै सञ्चालन मुनाफा पुस मसान्तसम्ममा १४ करोड ८८ लाख ३५ हजार ४२६ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १० करोड २५ लाख ६८ हजार ८४९ रुपैयाँ रहेको थियो ।

९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड २४ लाख २४ हजार ३०४ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३७ पैसा रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको