लगातार बढिरहेको सेयर बजारमा मंगलबार सामान्य अंकको करेक्सन आएको छ। पुस १६ गतेदेखि लगातार बढ्दै आएको नेप्से सूचक सोमबारसम्ममा २९८.२५ अंकले बढेको थियो भने मंगलबार सामान्य अंकले घटेको हो। मंगलबार नेप्से सूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ सेन्सेटिभ सूचक भने १.१० अंकले बढेर ५४७.४६ विन्दुमा उक्लिएको छ। कारोबार रकम साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
यो दिन अन्य समूह सर्वाधिक १.३२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.२९ प्रतिशत बढ्दा म्युचुअल फन्ड समूहमा १.२१ प्रतिशत र बैंकिङ समूहमा १.१८ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक २.६३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.६१ प्रतिशतले घट्दा विकास बैंक समूहमा २.४७ प्रतिशत, जलविद्युत समूहमा १.०३ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, जीवन बीमा समूहमा १.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.३९ प्रतिशत, लघुवित्त समूहमा १.५७ प्रतिशत र निर्जीवन बीमा समूहमा १.३३ प्रतिशतको गिरावट आएको छ।
आज सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ।
यता मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत, खानी खोला हाइड्रोपावरको ४.४० प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ।
मंगलबार अपि पावरको सबैभन्दा धेरै २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख, आइएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

