कामना सेवा विकास बैंकद्वारा नेपालमै पहिलो पटक मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यही पौष २४ गते , वडा नं ५ का वडा अधक्ष्य श्री शिव प्रसाद कडेलज्यू र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माज्यू बाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सु–सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधि ज्यूहरु, स्थानिय महानुभावहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको