नेप्सेमा पौने ४ लाख बढी कित्ता सेयर थपियो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पौने ४ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

साल्ट ट्रेडिङ आर्थिक वर्ष २०७६÷७७ का लागि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) थिए।

सोही २० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको