पोखरा फाइनान्सद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ९६ करोड ३१ लाख ४५ हजार ७९० रुपैयाँको कुल ८.४९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ८.०७५ प्रतिशतले हुन आउने ७ करोड ७७ लाख ७४ हजार २३ रुपैयाँबराबरको बोनस सेयर र ०.४२५ प्रतिशतले हुन आउने ४० लाख ९३ हजार ३७० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको