
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ। संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले प्रस्तावित लाभांशमा संशोधन गरेको हो। बैठकले प्रस्तावित लाभांशमा संशोधन गर्दै अब चुक्तापुँजी १० करोड रुपैयाँको ४७.५ प्रतिशतले हुन आउने ४ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र २.५ प्रतिशतले हुन आउने २५ लाख रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ।
संशोधित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।