
सनराइज फर्स्ट म्युचुअल फण्डको प्रस्तावित नगद लाभांश पाउन मंगलबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।
फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ १६ गते, एक दिन बुकक्लोज मिति तोकेको छ । यसअनुसार भदौ १५ गते, मंगलबारसम्म कायम इकाईधनीले मात्र प्रतिफल पाउनेछन् ।
सनराइज फस्र्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७।७८ का लागि कर सहित ५० प्रतिशतका दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड र कोष प्रवद्र्धक सनराइन बैंक रहेको छ ।