स्थानीय तहका प्रकोप प्राथमिकीकरणमा बाढीपहिरो

तनहुँका १० वटै स्थानीय तहले जोखिम प्राथमिकीकरणमा बाढीपहिरो नियन्त्रणलाई सूचीकृत गरेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ का लागि तयार गरिएको प्रतिवेदनमा सबै पालिकाले प्रकोपको प्राथमिकीकरण गर्दा बाढीपहिरालाई उच्च जोखिममा राखेका हुन् ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विपद् व्यवस्थापन समितिबाट पारित भएको छ । जिल्लाका स्थानीय तहले प्रकोपको प्राथमिकता क्रममा पहिरो, बाढी, आगलागी, सुक्खा खडेरी, महामारी, चट्याङ हावाहुरी, सडक दुर्घटना र भूकम्पलाई राखेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । पाँच पालिकाले पहिरालाई पहिलो, चार पालिकाले बाढीलाई दोस्रो, चार पालिकाले आगलागीलाई तेस्रो, चार पालिकाले सुक्खा खडेरीलाई चौथो, पाँच पालिकाले महामारीलाई पाँचौँ, चार पालिकाले चट्याङ हावाहुरीलाई छैटौँ, पाँच पालिकाले सडक दुर्घटनालाई साताँै र पाँच पालिकाले भूकम्पलाई आठाँै सूचीमा सूचीकृत गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार व्यास नगरपालिकाले पहिरो, बाढी, आगलागी, सुक्खा खडेरी, महामारी, चट्याङ, हावाहुरी, भूकम्प र सडक दुर्घटनालाई प्राथमिकीकरणअनुसार सूचीकृत गरेको छ ।

भानु नगरपालिकाले पहिलामा बाढी, दोस्रोमा पहिरो, तेस्रोमा आगलागी, चौथोमा महामारी, पाँचौँमा चट्याङ हावाहुरी, छैटाँैमा भूकम्प, साताँैमा सडक दुर्घटना र आठाँैमा सुक्खा खडेरीलाई सूचीकृत गरेको छ । भिमाद नगरपालिकाका पहिलोमा पहिरो, दोस्रोमा बाढी, तेस्रोमा सुक्खा खडेरी, चौथोमा आगलागी, पाँचौँमा महामारी, छैटाँैमा चट्याङ हावाहुरी, सातौँमा भूकम्प र आठौँमा सडक दुर्घटनालाई सूचीकृत गरेको छ । शुक्लागण्डकी नगरपालिकाले पहिलोमा आगलागी, दोस्रोमा सुक्खा खडेरी, तेस्रोमा पहिरो, चौथोमा बाढी, पाँचौँमा महामारी, छैटाँैमा चट्याङ हावाहुरी, सातौँमा सडक दुर्घटना र आठाँैमा भूकम्प सूचीकृत गरेको छ ।

देवघाट गाउँपालिकाले पहिलोमा बाढी, दोस्रोमा पहिरो, तेस्रोमा आगलागी, चौथोमा सुक्खा खडेरी, पाँचौँमा चट्याङ हावाहुरी, छैटौँमा महामारी, सातौमा भूकम्प र आठौमा सडक दुर्घटना, बन्दीपुर गाउँपालिकाले पहिलोमा पहिरो, दोस्रोमा आगलागी, तेस्रोमा सुख्खा खडेरी, चौथोमा बाढी, पाँचाँैमा चट्याङ हावाहुरी, छैटाँैमा महामारी, सातौँमा सडक दुर्घटना र आठौँमा भूकम्पलाई प्रकोपको प्राथमिकीकरण गरेको छ ।

घिरिङ गाउँपालिकाले पहिलोमा पहिरो, दोस्रोमा बाढी, तेस्रोमा महामारी, चौथोमा चट्याङ हावाहुरी, पाँचौँमा भूकम्प, छैटाँैमा सडक दुर्घटना, सातौँमा आगलागी, आठौँमा सुक्खा खडेरी, ऋषिङ गाउँपालिकाले पहिलोमा पहिरो, दोस्रोमा आगलागी, तेस्रोमा बाढी, चौथोमा सुक्खा खडेरी, पाँचौँमा महामारी, छैटाँैमा चट्याङ हावाहुरी, सातौँमा सडक दुर्र्घटना, आठौँमा भूकम्प, आँबुखैरेनी गाउँपालिकाले पहिलोमा आगलागी, दोस्रोमा बाढी, तेस्रोमा पहिरो, चौथोमा सुक्खा खडेरी, पाँचौँमा चट्याङ हावाहुरी, छैटाँैमा महामारी, सातौँमा सडक दुर्घटना, आठाँैमा भूकम्प र म्याग्दे गाउँपालिकाले पहिलोमा सुक्खा खडेरी, दोस्रोमा पहिरो, तेस्रोमा आगलागी, चौथोमा बाढी, पाँचौँ महामारी, छैटाँैमा सडक दुर्घटना, साताँैमा चट्याङ हावाहुरी र आठौँमा भूकम्पलाई प्राथमिकीकरण गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको