आजसम्म कायम सेयरधनीले सिनर्जी पावरको लाभांश पाउने

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ ३ गते) अन्तिम अवसर रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ३ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो १५ औँ वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजदेखि भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५२ प्रतिशत लाभांश र २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारीको अजेन्डा अनुमोदन गर्नेछ।

कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४.७५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

कम्पनीले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको