
गुडविल फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा सहित प्रतिशेयर आम्दानीमा समेत वृद्धि भएको छ। असार मसान्तसम्ममा फाइनान्सले १८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.८६ प्रतिशतले बढी हो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपनि गैर सञ्चालन आम्दानी उल्लेख्य बढेपछि फाइनान्सको नाफा बढ्न पुगेको हो। अघिल्लो आर्थिक वर्षको यसैअवधिमा फाइनान्सले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ७ करोड ३६ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २.१० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा समेत ५५.४९ प्रतिशतले घटेको छ। त्यसैगरी, फाइनान्सको नेट फि तथा कमिशन आम्दानी ३५.०१ प्रतिशत घटेको छ।
८० करोडबाट ८६ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस फाइनान्सको जगेडा कोष १६२ प्रतिशत बढेको छ। त्यस्तै, फाइनान्सको निक्षेप २०.३७ प्रतिशत बढेको छ भने कर्जा १४.३६ प्रतिशतले बढेको देखिन्छ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढेको देखिन्छ। फाइनान्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६४ पैसाले बढेर २१ रुपैयाँ १२ पैसा कायम भएको छ। यस अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३२.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ५२ पैसा रहेको छ।