लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ९.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४१ करोड नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा पनि ७.६६ प्रतिशतले बढेर २ अर्ब १७ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब २ करोड रुपैयाँ रहेको थियो।
बैंकले ३ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७.०१ प्रतिशतले घटीे हो। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो।
बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४३ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको रिजर्भको आकार ५४.५३ प्रतिशतले बढेर ४ अर्ब ४० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकले खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.२१ प्रतिशत पुगेको छ। आधार दर ७.०८ प्रतिशतमा झरेको छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि १४.४१ रुपैयाँ रहेको छ। पीई रेसियो २७.४१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५७.३२ रुपैयाँ रहेको छ।