चिलिमे जलविद्युतको नाफा रु. ७० करोड माथि

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफा पनि घटेको छ। चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ७० करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५.६८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७४ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबापतको आम्दानी १.११ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ६ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३.०६ रुपैयाँबाट घटेर ११.१७ रुपैयाँमा झरेको छ। पीई रेसियो ६१.५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६१.४ रुपैयाँ रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको