इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको भदौ ४ बाट एकीकृत कारोबार शुभारम्भ

नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेर इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लिमिटेड आउँदो भदौ ४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। इन्फिनिटी लघुवित्तकै नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ। एकीकृत संस्थाको केन्द्रीय कार्यालय नवलपुरको गैंडाकोट नगरपालिका–२ कालिगण्डकीचोकमा रहेछ।

इनिफनिटी र नेपाल एग्रोबीचको प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंकले गत साउन १५ गते अन्तिम स्वीकृति दिएको थियो। गत साउन २२ गते संस्थाले कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृति पाएको थियो।

प्राप्ति प्रक्रियालाई गत असार २१ गतेसम्म दुवै लघुवित्तको सम्पन्न छुट्टाछुटै साधारणसभाबाट पारित गरेको छ।

एकीकृत कारोबार गर्दा दुवै संस्थाको तथ्यांकलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउन आउँदो भदौ ३ गते एक दिनका लागि नेपाल एग्रो लघुवित्त संस्था लिमिटेडको सम्पूर्ण कारोबार बन्द गरिने भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको