समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सामान्य सुधार गरेको छ। असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०१.६३ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.७० प्रतिशत बढेको छ अन्य सञ्चालन आम्दानी ३२३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २०४.४५ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५५ प्रतिशत बढेको छ भने जगेडा कोष १२५.९३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३१७.०७ प्रतिशत, निक्षेप २७.७६ प्रतिशत र कर्जा १४७.२८ प्रतिशत बढेको छ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस १४ रुपैयाँ ७६ पैसा बढेर ३० रुपैयाँ ३८ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २५ पैसा रहेको छ।