वोमी लघुवित्तको प्रगति लोभलाग्दो, ईपीएस कति?

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६६.८१ प्रतिशत बढी हो।

सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको रकम ७८.१४ प्रतिशत घट्नु र ३ करोड खराब कर्जा उठाउन सफल हुनु लघुवित्तको खुद नाफा उल्लेख्य बढ्नुका कारण हुन्।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५७९.१० प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष २१०.६१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ११८.६१ प्रतिशत, निक्षेप ८८.७३ प्रतिशत र कर्जा १०८.५४ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३३ रुपैयाँ १७ पैसा बढेर ३८ रुपैयाँ ९७ पैसा कायम भएको छ। खुद नाफामा उल्लेख्य सुधार भएपछि लघुवित्तको यस्तो आम्दानी पनि सोही अनुसार बढ्न पुगेको हो। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५७ पैसा रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको