आजदेखि युनियन लाइफको सेयर कारोबार खुल्यो

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आज सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।

स्पेसल प्रि–ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्जले तोकेको ओपनिङ रेन्जभित्रै सेयर किनबेच भएसँगै युनियन लाइफको सेयर नियमित समयका कारोबारमा आएको हो। युनियन लाइफ इन्स्योरेन्सको ३४२ रुपैयाँ पहिलो कारोबार भएको छ।

हिजो आइतबार यो कम्पनीले सेयर सूचीकरण सम्झौता भएको थियो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कारोबार आउने गर्छ। तर साधारण शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएका कारण उक्त मुल्यमा शेयर खरिद गर्न चाहने लगानीकर्ता अधिक रहेको तर बिक्रीकर्ता भने शुन्य रहेका छन् । जसले गर्दा कम्पनीको शेयर खरीद गर्ने खरिदकर्ताले आज सजिलै खरिद गर्न पाउने अवस्था भने न्युन रहेको देखिन्छ ।

नेप्सेमा युनियन लाइफको १०० अंकित दरका कुल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता रहेका छन्।

यो कम्पनीलाई नेप्सेले यूएलआई कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने न्यूनतम ११५।१३ रुपैयाँदेखि ३४५।३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको