नेप्से ३१०० विन्दु नजिक, बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

सेयर बजारमा नयाँ उचाइ लिने क्रमले बुधबार पनि निरन्तरता पाएको छ।  धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार १५.३० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक ३०९४.९५ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। हिजो नेप्सेले हालसम्मकै उच्च ३०७९.६५ को विन्दु चुमेको थियो। जुन आज ब्रेक भएको छ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ अंकले उकालो लागेर ५७४.३२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि सवा १३ अर्ब रुपैयाँ बढीको भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको