जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सले बुधबार जीस्वन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा तोकेको छ ।

यहीँ मूल्यलाई आधार मानेर यस कम्पनीको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको