सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा

सनराइज बैंकले कार्डलेस भुक्तानी सुरु सेवा गरेको छ । बैंकले आफ्नो सेवाग्राहीको सहजताका लागि डेबिड कार्ड प्रयोग बिना नै सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटिएमबाट रकम झिक्न सकिने ब्यवस्था मिलाएको बैंकले जनाएको छ ।

उक्त सेवा अन्र्तगत ग्राहकहरुले सनराइज स्मार्ट प्लस मोबाइल बैकिङ प्रयोग गरी कार्डलेस विथड्र गई आफुले भुक्तानी गर्न चाहेको रकम हाली समिट गर्नुपर्ने बैंकले जनाउको छ । मोबाइल नम्बरमा आएको ओटीपी प्रयोग गरी रकम झिक्न सकिने बैंकले बताएको छ ।

यदि भौतिक कार्ड बिर्सेको अबस्थामा मोबाइल बैंकिङ प्रयोग गरी एटिएमबााट सजिलै रकम झिक्न सकिने व्यवस्था मिलाएको समेत बैंकले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको