
चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि शुरु हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएको हो ।
चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा ९ साउन देखि करीब ५ दिन सञ्चालन हुने जानकारी दिए ।
यसपटक परीक्षा काठमाडौँ बाहेक मोफसलका चार स्थानमा पनि सञ्चालन हुनेछ । काठमाडौँ सहित धरान, पोखरा, चितवन र नेपालगञ्जमा समेत परीक्षा केन्द्र तोकिएको उनले बताए ।
यसपटकको परीक्षाको लागि ३२ हजार ८०० बढीले फारम भरेका छन् । त्यसमध्ये सबैभन्दा बढी एमबीबीएसमा रहेको आयोगले जनाएको छ ।